Saturday, May 04, 2024

-->

सच्चिन तयार छौँ तर संयमित र मर्यादित आलोचना गर्दिनुहोस् : रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

सच्चिन तयार छौँ तर संयमित र मर्यादित आलोचना गर्दिनुहोस्  रवि लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

बूढानीलकण्ठ नगरपालिकामा शनिबार आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टीपंक्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे। उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्।”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे। रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःशर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

“सरकारले भ्रष्टाचारविरोधी फाइल खोल्ने काम शुरू गरेको छ। फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्,” सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ।”


सम्बन्धित सामग्री