Wednesday, May 15, 2024

-->

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

थापाको नियुक्ति असंवैधानिक र गैरकानूनी भन्दै निवर्तमान मुख्यमन्त्री एवं एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।


सम्बन्धित सामग्री