Monday, April 29, 2024

-->

श्रीलंका र थाइल्यान्डबीच पाँचौँ चरणको एफटीए वार्ता जारी

सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा छ।

श्रीलंका र थाइल्यान्डबीच पाँचौँ चरणको एफटीए वार्ता जारी

प्रस्तावित श्रीलंका–थाइल्यान्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा पाँचौँ चरणको वार्ता कोलम्बोमा जारी छ।

सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ हुने अपेक्षा छ। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघको दृष्टिकोणलाई ध्यानमा राख्दै वार्ता भएको हो। 

अर्को चरणको वार्ता थाइल्यान्डमा अगस्ट २१ देखि २३ सम्म हुने तय छ। फेब्रुअरी २०२४ सम्ममा सम्झौता सम्पन्न गर्ने गरी थप तीन चरणको कार्यक्रम हुनेछन्। 

हस्ताक्षर मार्च २०२४ मा हुने अपेक्षा गरिएको छ। व्यापार सम्झौताको चौथो चरणको वार्ता यसैवर्ष मार्चमा भएको थियो।

श्रीलंका दक्षिण एसियामा थाइल्यान्डको चौथो ठूलो व्यापारिक साझेदार हो। थाइल्यान्डमा श्रीलंकाको मुख्य निर्यातमा रत्न, आभूषण, चिया, मसला, फाइबर र धातु उत्पादन समावेश छन्।

सन् २०२१ मा श्रीलंकाले थाइल्यान्डबाट ३५५ मिलियन अमेरिकी डलरका सामान आयात गरेको छ भने ५९ मिलियन डलरका वस्तु थाइल्यान्ड निर्यात गरेको छ।


सम्बन्धित सामग्री