Thursday, May 02, 2024

-->

काभा भलिबल : नेपालको लगातार पाँचौँ पराजय

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।

काभा भलिबल  नेपालको लगातार पाँचौँ पराजय

काठमाडौँ– काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ।

बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा नेपाल घरेलु टोली किर्गिस्तानसँग पराजित भएको हो। 

घरेलु टोलीले ‘बी’ टिम कोर्टमा उतारेको थियो। यद्यपि, नेपाल ३–२ को सेटमा पराजित भयो।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो। तर, दोस्रो र तेस्रो सेटमा कमब्याक गर्दै किर्गिस्तानले २९–२७ र २५–२२ ले जित्यो।

चौथो सेट नेपालले २५–११ ले जित्दै पहिलो जितको सम्भावना कायमै राखेको थियो। तर, निर्णायक तथा पाँचौँ सेटमा नेपाल १६–१४ ले पराजित भयो।

सिंगल राउन्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता छ। नेपालले यसअघि मंगोलिया, किर्गिस्तान, इरानसँग र तुर्किमिनिस्तानसँग पराजित भएको थियो।

अब नेपालले अन्तिम खेल उज्बेकिस्तानसँग खेल्ने छ। प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। यस्तै, तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।


सम्बन्धित सामग्री