Saturday, May 04, 2024

-->

तनहुँमा पहिरोले पुरिएर २ मजदुरको मृत्यु

म्यादे गाउँपालिका–७ मा पहिरोमा परी झापा शिवशताक्षी–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुर कटारी–७ का ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ। 

तनहुँमा पहिरोले पुरिएर २ मजदुरको मृत्यु
फाइल तस्वीर।

तनहुँ– म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ।  

झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुर कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार साँझ पहिरोमा परेर घाइते भएको उनीहरूको उपचारका क्रममा मृत्यु भएको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

अर्का घाइते झापा शिवशताक्षी–७ कै ४५ वर्षीय कृष्ण लिङ्देनको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए।


सम्बन्धित सामग्री