Saturday, May 18, 2024

-->

टेस्ट राष्ट्र जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा भुर्तेलले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका हुन्।

टेस्ट राष्ट्र जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक
फाइल तस्वीर।

काठमाडौँ– ओपनर कुशल भुर्तेल टेस्ट राष्ट्रविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा उनले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका हुन्।

भुर्तेलले ६९ बलमा २ चौका र १ छक्कासहित ५८ रन बनाएर खेलिरहेका छन्। उनलाई अर्का ओपनर आशिफ सेखले ६२ बलमा २ चौकासहित ३१ रन बनाएर साथ दिइरहेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले २२.५ ओभरमा १०० रन बनाएको छ।


सम्बन्धित सामग्री