Wednesday, May 15, 2024

-->

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन्।

उनीहरूलाई बुधवार राति पक्राउ गरिएको हो। दोधारा चाँदनी नगरपालिकाभित्र अवैध औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

“नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ,” उनले भने, “उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ।”

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरञ्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।


सम्बन्धित सामग्री