Friday, May 31, 2024

-->

यस्तो रहनेछ बुधबारको मौसम

कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

काठमाडौँ– नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना छ।

 


सम्बन्धित सामग्री