Tuesday, May 28, 2024

-->

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी लगातार चौथो उपाधिनजिक

अहिलेसम्म कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिगको उपाधि जित्न सकेका छैनन्। सिटीले आइतबार घरेलु मैदानमा वेस्ट हामलाई पराजित गरे लिगको ट्रफी उचाल्नेछ।

इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटी लगातार चौथो उपाधिनजिक

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहामलाई २–० ले हराएको छ। जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ। 

सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। ५१ औँ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीबाट दोस्रो गोल थपे। 

सिटीले लिग तालिकाको शीर्ष स्थानमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ। समान खेलबाट सिटीको ८८ तथा आर्सनलको ८६ अंक छ। दुवैले १–१ खेल खेल्न बाँकी छ। 

पेप ग्वार्डिओलाको टोलीले आइतबार घरेलु मैदानमा वेस्ट हामलाई पराजित गरे लिगको ट्रफी उचाल्नेछ।  

आर्सनल एभर्टनसँग भिड्नेछ। अन्तिम खेलमा विजयी रहे, सिटीलाई आर्सनलको नतिजाको कुनै अर्थ रहने छैन। 

अहिलेसम्म कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिगको उपाधि जित्न सकेका छैनन्। 

यस हारसँगै टोटेनहामको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि सकिएको छ। एस्टन भिल्ला शीर्ष चारभित्र रहँदै च्याम्पियन्स लिगमा पुगेको छ।


सम्बन्धित सामग्री