Sunday, May 05, 2024

-->

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन्। अस्पतालमा पौडेलको एन्जिओग्राम गरिएको थियो।

राष्ट्रपति पौडेललाई २४ घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्तिमार्फत जनाएका छन्। अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।  

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।

 


सम्बन्धित सामग्री