Monday, May 13, 2024

-->

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले लिइन् शपथ

नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन्।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता सदस्य ढुंगानाले लिइन् शपथ

काठमाडौँ– राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो।

ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिएकी हुन्। ढुंगानालाई जेठ १४ मा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको थियो। ढुंगाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन्।

यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छन्। उनले ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन्।


सम्बन्धित सामग्री