Friday, April 26, 2024

-->

जंगली च्याउ सेवनबाट आमाछोराको मृत्यु

धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

जंगली च्याउ सेवनबाट आमाछोराको मृत्यु

धनकुटा– जंगली च्याउ सेवनबाट एक महिला र उनका सात वर्षीय छोराको मृत्यु भएको छ।

शहिदभूमि–३ घर भई धनकुटा–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

डीएसपी नरेन्द्र कुँवरका अनुसार मृतकले जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट च्याउ ल्याएर खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए।

जिल्लामा उपचार हुन नसकेपछि १८ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। उपचारमा संलग्न जिल्ला अस्पतालका डा. डुरान्डसिंह खड्काका अनुसार पखाला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए।

उपचारपछि बुबा भने ठिक भएका थिए। 


सम्बन्धित सामग्री