Saturday, April 27, 2024

-->

काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।

काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा

काठमाडौँ– किर्गिस्तानको विस्केकमा हुने काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा भएको छ।

नेपाल भलिबल संघले शुक्रबार १२ सदस्यीय टोली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा १८ जना खेलाडी रहेका थिए। 

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।

नेपाल, किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान सहभागी हुनेछन्।

नेपाली टोली
हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री र हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा


सम्बन्धित सामग्री