Saturday, April 27, 2024

-->

३०औँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

अमेजन जंगललाई विश्वमाझ थप चिनाउन जलवायु शिखर सम्मेलन अमेजन मै गर्न चाहेको ब्राजिलका राष्ट्रपतिले बताएका छन्।

३०औँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

संयुक्त राष्ट्र संघले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ।

राष्ट्रसंघले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको प्रस्तावलाई हालै अनुमोदन गरेको हो।

राष्ट्रपति लुलाले अमेजोनियन शहर ‘बेलेम डो पारा’मा ३०औँ कोप आयोजना गरिने घोषणा गरेका छन्। सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरेको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायः सबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन्।

बेलेम डो पारा अमेजन उत्तरी ब्राजिलस्थित जंगलको किनारमा अवस्थित शहर हो। 


सम्बन्धित सामग्री