Monday, May 06, 2024

-->

मैत्रिपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हरायो

आइतबार बिहान घरेलु मैदानमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको छ। मोरक्कोका लागि सोफिएन बोउफल र साविरीले गोल गरे।

मैत्रिपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हरायो

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ।

आइतबार बिहान घरेलु मैदानमा मोरक्को २–१ ले विजयी भएको हो। मोरक्कोको जितमा सोफिएन बोउफल र साविरीले गोल गरे। ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए।

चोटका कारण नेयमार, थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेसलाई विश्राम दिएको ब्राजिलले ब्राजिलले अधिकांश युवा खेलाडीलाई मैदान उतारेको थियो। 

ग्रान्ड स्टेड डि टानगेरमा २९औँ मिनेटमा सोफिएन बोउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। ६७औँ मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। तर, ७९औँ मिनेटमा साविरीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। 

ब्राजिलले मोरक्कोविरुद्ध रोनी, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टो राफयल भेइगा, एन्डरे सान्तोष, र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो।


 


सम्बन्धित सामग्री