Friday, April 26, 2024

-->

पशुपतिको जलहरीमा ओलीलाई जोड्नु उचित होइन: प्रधानमन्त्री

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

पशुपतिको जलहरीमा ओलीलाई जोड्नु उचित होइन प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको सुनको जलहरीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन्।

माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री दाहालले शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिएका हुन्।

शनिबार बैठक शुरू हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि बोलेका प्रधानमन्त्री दाहालले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोसको भएको बताए।

“यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि छ,” प्रधानमन्त्री दाहालले भने, “यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र छानबिन गरिरहेको छ। सरकारले अनुसन्धानमा सहयोग गर्छ।”

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।


सम्बन्धित सामग्री