Monday, May 13, 2024

-->

म्यानचेस्टर सिटीले वेस्ट हामलाई हरायो, हालान्डको कीर्तिमानी गोल

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।

म्यानचेस्टर सिटीले वेस्ट हामलाई हरायो हालान्डको कीर्तिमानी गोल

काठमाडौँ– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। 

नर्वेली फरवार्ड एर्लिङ हालान्डको कीर्तिमानी गोलमा सिटीले वेस्ट हामलाई ३–० ले पराजित गरेको हो। गएराति इतिहाड स्डेडियममा घरेलु टोलीका लागि हालान्ड, नाथन एके र फिल फोडेनले गोल गरे।

४९औँ मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए। ७०औँ मिनेटमा हालाण्डले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि ८५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को सानदार जित दिलाए। 

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।

जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक जोडेको छ। ३४ खेल खेलेको आर्सनल ७८ अंकसहित दोस्रो स्थानमा छ। 


सम्बन्धित सामग्री