Thursday, May 02, 2024

-->

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

काठमाडौँ– दैलेखको डुंगेश्वर गाउँपालिका–२ मा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार राति ९ बजे परेको परेको चट्याङ लागेर स्थानीय पारस विक, हेमा विक, पूर्णा विक र पुष्पा विक घाइते भएको उक्त वडाका अध्यक्ष यामबहादुर विष्टले जनकारी दिए।

घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहोस अवस्थामा रहेका चारै जनालाई राति नै एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको थिए।

वडाध्यक्ष विष्टका अनुसार बेलुका खाना खाएर घरमा नै बसिरहेको अवस्थामा चट्याङले लागेको थियो। 


सम्बन्धित सामग्री