Saturday, May 04, 2024

-->

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबुआमा घाइते

बुधबार बेलुका परेको चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको छ।

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु बाबुआमा घाइते

काठमाडौँ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घइते भएका छन्।

बुधबार बेलुका घरमा परेको चट्याङले ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

यस्तै, दोर्चीका बाबु दारिञ्जी र आमा मिङल्हामु घइते भएका छन्। उनीहरू दुवैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।
 


सम्बन्धित सामग्री