Monday, April 29, 2024

-->

पहिरो खसेपछि संखुवासभामा थुनियो अरुण नदी

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलमा पहिरो गएपछि आइतबार बिहानदेखि अरुण नदी थुनिएको हो।

पहिरो खसेपछि संखुवासभामा थुनियो अरुण नदी
पहिरोले थुनिएपछि घटेको अरुण नदी। तस्वीर : मेघराज तामाङ

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिकास्थित निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलमा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ।

गएरातिको पहिरोले आयोजनाको सुरङमार्ग निर्माणस्थमा नदी थुनिएको गाउँपालिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले जानकारी दिए। सुरुङको मुख थुनिएपछि आयोजनाको ड्याम भरिन लागेको उनले बताए।

“ड्याम भरिएर पानी बग्यो भने खतरा हुँदैन। नभरिइकन फुट्यो भने चाहीँ ठूलो जोखिम हुन्छ,” अध्यक्ष शेर्पाले भने, “अहिले नदीबाट करिब पाँच प्रतिशत मात्रै पानी बगेको छ।”

पहिरो अझै नरोकिएको उनको भनाइ छ।


सम्बन्धित सामग्री