Sunday, April 28, 2024

-->

बारा–२ मा मतगणना शुरू

बारामा सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।

बारा–२ मा मतगणना शुरू

काठमाडौँ– बारा–२को मतगणना शुरू भएको छ। सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।

पाँच गाउँपालिका र कोल्हवी नगरपालिकाको ८ नं वडा पर्ने यस क्षेत्रमा कोल्हवीबाटै मतगणना शुरू गरिएको जनमत पार्टीका केन्द्रीय सदस्य बीपी साहले जानकारी दिए।

गंगापुरस्थित शिक्षा विकास तथा समन्वय एकाइमा मतगणना भइरहेको उनले बताए।

यहाँ सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा छ।

आइतबार भएको उपनिर्वाचनमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।


सम्बन्धित सामग्री