Monday, May 06, 2024

-->

एसीसी प्रिमियर कप : बाबरको शतकमा हङकङको जित

सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

एसीसी प्रिमियर कप  बाबरको शतकमा हङकङको जित

काठमाडौँ– बाबर ह्यातको शतकप्रेरित हङकङले एसीसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको छ।

मंगलबार सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

हङकङका लागि बाबरले १०८ रनको शतकीय इनिङ्स खेले। उनले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गरे। ओपनर तथा कप्तान निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्कासहित ५१ रन बनाए।

कप्तान खान र बाबरबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो। सिंगापुरका रमेश कालिमुथुले १ विकेट लिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनायो।

सिंगापुरका ओपनर तथा कप्तान अरित्रा दूतले ४९ रनको इनिङ्स खेले। उनले ५७ बलमा ९ चौका प्रहार गरे।

उनी १८औँ ओभरमा इशान खानको बलमा बोल्ड हुँदा अर्धशतकबाट चुके।

अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहन १०, अभि दीक्षित १२, अमुर्त्या काउल ७ रनमा आउट भए।

आर्यन मोदीले ५८ बलमा १ चौकासहित २१ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर, उनी ३८औँ ओभरको अन्तिम बलमा इशानबाट बोल्ड भए।

यता, प्रशिन परम १०, विनोथ वासकरण ३, थिलिपन ओमैदुराई १२ र रमेश कालिमुथु १८ रनमा आउट भए।

हङकङका इशान खानले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३ मेडनसहित २४ रन खर्चिएर

यासिम मुर्तजाले १० ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चिए ३ विकेट लिए।

मोहम्मद गजानफर र आयुश सुक्लाको नाममा १/१ विकेट रह्यो।

जितसँगै हङकङले २ अंक जोडेको छ।


सम्बन्धित सामग्री