रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ। योसँगै अब उनले सांसद पद पनि गुमाउने छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टी सदस्यसमेत नहुने गरी कारबाही गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको अध्यक्ष रवि लामिछानेले बैठकपछि जानकारी दिएका छन्। रास्वपाले अब उनलाई सांसद पदबाट पनि हटाउने प्रक्रिया शुरू गर्ने जनाएको छ। उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीको अनुशासन समितिले श्रेष्ठमाथि छानबिन गरेको थियो। उक्त छानबिन समितिले प्रतिवेदन मंगलबार नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो।
केन्द्रीय समिति बैठकमा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेको पनि लामिछानेले बताए। तर, पार्टीले गरेको छानबिनमा आवाज उनकै भएको पुष्टि भएको लामिछानेको भनाइ छ।
अडियो गत आइतबार सार्वजनिक भएको थियो। त्यसमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेको सुनिन्छ। आफ्नो आवाज तोडमोड गरिएको श्रेष्ठले दाबी गरेका छन्। बुधबार नै रास्वपा कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले यस्तो दाबी गरेका हुन्।
रास्वपाले श्रेष्ठलाई सांसदबाट हटाएपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई पठाउने भएको छ। उनलाई दुई महिनाअघि मात्र रास्वपाले केन्द्रीय सदस्य बनाएको थियो। मकवानपुरकी उनी १० वर्षअघि एसिड आक्रमणमा परेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
