Thursday, May 02, 2024

-->

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

यसअघि कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश रहेका गिरीलाई पक्राउ गर्न मंगलबार सोही अदालतले आदेश दिएको छ। गिरी कपिलवस्तु अदालतबाट गत महिना न्याय परिषद्‍मा सरुवा भएका थिए।

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उनलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो। अदालतका तहसिलदार गोकर्ण लम्सालका अनुसार मंगलबार न्यायाधीश रामानन्दप्रसाद अधिकारीको इजलासले गिरीलाई पक्राउ गर्न आदेश दिएको हो।  

यसअघि कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश रहेका गिरी गत महिनादेखि न्याय परिषद्मा सरुवा भएका थिए। 

गिरीले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको भन्दै ढाँटेर विवाह गरेको र पाँच वर्षदेखि श्रृंखलाबद्ध रुपमा यातना दिएको भन्दै एक महिलाले गएको मंसिरमा उनीविरुद्ध जाहेरी दिएकी थिइन्। गिरीले आफूलाई कुटपिट, करणी र गर्भपतनसमेत गराएको उनले जाहेरीमा उल्लेख गरेकी छन्।


सम्बन्धित सामग्री