सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले सन्दीप लामिछानले विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

काठमाडौँ– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। नाबालिग बलात्कार आरोपित सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।

सन्दीपलाई गत पुस २८ गते उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो। यता, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई  पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै मुद्दामा आइतबार सुनुवाइ भएको थियो। तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ।