सांसद महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नेमा अन्य दलहरू पनि सकारात्मक रहेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउन सकारात्मक रहेको बताएका छन्।
शुक्रबार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहाल कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन्। सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने अपेक्षा राखेको बताए।
“राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो। त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो”, उनले भने।
सांसद महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नेमा अन्य दलहरू पनि सकारात्मक रहेको बताएका छन्। उनले शुक्रबार साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने सुनाए।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको तर कांग्रेसबाट राष्ट्रपति बनोस् भन्ने आफूहरूको चाहना रहेको बताए।
“माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली कांग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ। त्यसमा उहाँको सहयोगको अपेक्षा गरेका छौँ“, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
