जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।
काठमाडौँ– राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको तीन दलबीचको छलफल बिनानिष्कर्ष सकिएको हो।
बैठकबाट बाहिरिएका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर छलफल जारी रहेन बताए। यस्तै, जसपाकै नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे कांग्रेस समेतको सहभागितामा बैठक बस्ने छ।
"एक आपसमा विश्वसको संकट आउने कुनै पनि काम हुन दिन हुँदैन। सँगै जाने भनेपछि सैद्धान्तिक, राजनीतिक, वैचारिक कुरालाई ध्यान दिइन्छ", उनले भने, "सैद्धान्तिक, वैचारिक कुरा नभएका ठाउँमा तात्कालीक राजनीतिक मुद्दाहरू हुन्छन्। त्यसका हामी छलफल गरेर सहमति गर्छौँ।"
यस्तै, एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला राष्ट्रपतिको निर्वाचनलाई लिएर तीन दलले निरन्तर छलफल गरिरहेको र त्यसलाई बिहीबार पनि निरन्तरता दिएको बताए। उनले तीन दलबीचको छलफल सकारात्मक रूपमा अगाडि बढेको बताए।
"हाम्रो पार्टीले सबै दलसँग राष्ट्रपतिका लागि सहयोग माग्ने निर्णय गरेको छ। त्यसअनुसार हामीले पनि छलफल गरिरहेका छौँ", उनले भने।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने चाहनाअनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समर्थनप्राप्त भए त्यसलाई अस्वीकार नगरिने नेता ज्वालाले बताए। पुराना गठबन्धन ब्युँताउनेबारे बिहीबारको छलफलमा कुरा नभएको उनको भनाइ छ।
माओवादी नेता जनर्दन शर्माले राष्ट्रपतिको निर्वाचनलाई लिएर आफूहरूले चाँडै नै सहमति गर्न संक्षिप्त जवाफ दिएका थिए।
यसअघि राष्ट्रपति निर्वाचनकै विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच छलफल भएको थियो। त्यसअघि यसै विषयमा नेपाल र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच पनि छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
