एमाले अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।
काठमाडौँ– सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको बताए।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिए।
उनले निकट विगतमा आफ्नो पार्टीलाई एक्लाउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको बताए।
“निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौँ, त्यस्ता समस्या आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न। किनभने राजनीतिक शक्तिहरू तिनै छन्। र, राजनीतिक शक्तिहरूको प्रवृत्ति पनि उही छ। उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न। यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ“, उनले भने।
अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन नेता–कार्यकर्तालाई सचेत गराए। पार्टी हितको पक्षमा नउभिने नेता–कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले आगामी ४ वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट परे। उनले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
