बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सीआईबीलाई अनुमति दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले बाँसबारी जग्गा अपचलन प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले चौधरीसहित तीन जनालाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पनि रहेका छन्।
अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।
त्यस्तै, अजितनारायण विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर शेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थिए।
ठाकुर पनि यो प्रकरणमा जोडिएकाले पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनीहरूलाई सीआईबीको टोलीले बिहीबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सीआईबीले उनीहरूविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्ने भएको छ। किर्ते र ठगी मुद्दामा २५ दिनसम्म सीआईबीले हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी व्यवस्था छ।
त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नेछ। पक्राउ परेकालाई सरकारी वकिलको कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
यो पनि :
एक्सक्लुसिभ – बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
फलोअप– चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
अन्तर्वार्ता– बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ
समाचार प्रभाव– चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
फलोअप – अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
फलोअप – बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
समाचार प्रभाव – बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ
बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
