Thursday, May 02, 2024

-->

शीतलहरले तराईको जनजीवन प्रभावित (तस्वीरहरू)

चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्।

शीतलहरले तराईको जनजीवन प्रभावित तस्वीरहरू
तस्वीरहरू: फोटो लाइब्रेरी

लुम्बिनी– शीतलहरले तराईको जनजीवन प्रभावित बनेको छ।

पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अत्यधिक जाडो बढेको छ। बाक्लो हुस्सुले स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ। चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्। घररचोकमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन्।

जाडो बढेपछि तौलिहवा, पिपरा, बहादुरगन्जलगायत अस्पतालमा श्वासप्रश्वास र दमका रोगीको उपचार गराउनेको संख्या बढेको छ।

 


सम्बन्धित सामग्री