AnonymousUser

Logout

‘युगको साँचो’बारे दर्शकको प्रतिक्रिया– बन्द उद्योगधन्दाबारे सरकारलाई सोच्न बाध्य बनाउँछ

यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी  मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।

बन्द उद्योग खोल्ने बहस थालनीका लागि नाटक बनाएँ: टंक चौलागाईं

‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’

डेढ शताब्दीअघि आदिवासीले भोग्नुपरेको दमनबारे नाटक ‘मेषी दण्ड’ मञ्चन हुने

नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ।  सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। 

बाखाम्मा: सृष्टिको मुन्दुमी वर्णन (तस्वीरहरू)

नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ।

प्रज्ञा कुञ्जको नाट्य उत्सव शिल्पीमा, ४०० विद्यार्थी सहभागी हुँदै 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख ३१ देखि जारी नाट्य उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन्। शुक्रबार अन्तिम दिन शिशिर वसन्त, हिराको भोटो, ब्युटी इज अ बिस्ट नाटक मञ्चन हुँदैछन्।

जनावरका कल्पना र वास्तविक संसार देखाउने रंगमञ्च

नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।

मण्डला थिएटरमा ‘टिकट टु हलिउड’

सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।

पोखरामा सिनेमा हलको ६४ बर्षे यात्राः अझै छ त्यो ‘ऐतिहासिक’ घर

पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ। 

माइकल चेकव पद्धतिबारे कार्यशाला चैत १७ देखि, २० जना रंगकर्मी सहभागी हुने

रंगकर्मी र प्रशिक्षकलक्षित कार्यशाला रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको हो।  चैत्र १७ देखि २६ सम्म हुने कार्यशालामा २० जना रंगकर्मीहरूको सहभागिता रहनेछ।

राष्ट्रिय बाल नाटक मेला फागुन १८ गतेदेखि 

विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

'राज्य विस्तारपछि गणतन्त्रसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो।'

राज्यले गरेको जातीय विभेद अर्थात् 'मासिन्या' (तस्वीर कथा)

अपराधका सजायमा मासिन्यामाथि राज्यको ठूलो विभेद थियो। अन्य जातलाई सर्वश्व वा थुना मात्र हुँदा मासिन्याको ज्यानै लिइन्थ्यो। नाटक ‘मासिन्या’ले कुनै बेला मासिन्या घोषणा गरिएको तामाङ समुदायको कथा भन्छ।

पितृसत्ता अर्थात् पगला घोडाहरूको आधिपत्य

बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको, घरको र समाजको पनि।

मोन्टाजबाहिर, मोन्टाजभित्र

प्रेम, लिभिङ टुगेदर, विवाह तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ र महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी।

मानसिक स्वास्थ्यबारे गुम्सिएको मौनता तोड्ने नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्या र यसबारे समाजमा गुम्सिएको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ। 

ओजस थिएटरमा मञ्चन हुँदै नाटक ‘कर्तव्य’

मंसिर २६ देखि पुस १३ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

'मानिस हराएको सूचना' (तस्वीर कथा)

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा दुई समलिंगी पुरूषको प्रेमसम्बन्ध देखाइएको छ। यो नाटक 'एभरेष्ट फिल्म एकेडेमी'का विद्यार्थीहरूले तयार पारेका हुन्।

‘बोधि–सत्त्वले आम मानिसको करुणा भावलाई दर्साउँछ’

‘विदेशका उपन्यास, कथा र नाटक रूपान्तरण हुनुभन्दा मौलिक कथामा आधारित नाटक बने र स्थान दिन सके कुनै दिन हाम्रा कथा, नाटक संसारले एडप्ट गर्लान्।’

जाजरकोट भूकम्पका कारण सिस्नुपानीले रोक्यो यस वर्षको देउसी

सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

कलाकारले कसरी मनाए दशैँ?

दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूको भनाइ छ।