नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको छ।
पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।
उत्तरमध्य नाइजर राज्यको व्यस्त सडकमा ट्यांकर पल्टिएको थियो। त्यसपछि मानिसहरूले पेट्रोल निकाल्ने क्रममा विस्फोट भएको थियो।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।
स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।
सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।
नेपालले १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ।
वर्षौंदेखि उठिरहेको, मुलुक संघीयतामा गएपछि बहस तीव्र बनेको प्रहरी ऐन संशोधन प्रक्रिया बल्ल अघि बढेको छ। संसद्मा दर्ता हुन तयार प्रहरी विधेयकमा ३० वर्षे सेवा अवधि हटाउनेलगायत अरू के–के व्यवस्था छन्?
विज्ञले डब्लूएओबाट फिर्ता हुँदा अमेरिकाले महामारी निगरानी तथ्यांकमाथि प्राप्त विशेषाधिकार पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराको निगरानी र रोकथाम क्षमता कमजोर बन्ने चेतावनी दिएका छन्।
समितिमा परेका उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय पनि मंगलबारको लेखा समितिको बैठकले गरेको छ।
मंगलबार नेप्से परिसूचक ५ अंकले बढेर २६१३ को बिन्दुमा कायम भएको छ भने ६ अर्ब १९ करोडको शेयर कारोबार भएको छ।
घडियाल गोही गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीको भनाइ छ।
उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको छ।
बागलुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियार पक्राउ परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका निम्ति बीआरआईअन्तर्गत भौतिक संरचना उपहारमा प्रदान गरिने भनिएको थियो। तर यी संरचना अनुदान वा ऋण केमा बन्ने निर्क्योल भएको छैन।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मंगलबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
मेची भन्सार कार्यालयबाट साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।