प्रलोभनमा पारी म्यानमार पुर्याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका पाँच नेपालीको उद्धार भएको छ।
पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।
सिरहाको नवराजपुर–१ भगवतीपुरकी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
जापानको मन्त्रिपरिषद्ले जंगली जनावर र मानव मुठभेडका घटना बढेपछि आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ।
माघमा देशभर भएका ४७८ आगलागीका घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।
चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ।
बिहीबार तोलाको १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार १ हजार रुपैयाँ घटेको छ।
र्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताएका छन्।
धितोपत्र बजारमा सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्नुपर्नेछ।
परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि बादी परिवार वैकल्पिक रूपमा मजदुरी गर्दै आएका थिए। त्यो पनि नपाएपछि भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ।
अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरेले भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने धारणा राखेका छन्।
गलत लिखत तयार पारेर कम जग्गालाई धेरै देखाइ किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा नापी कार्यालय बाराका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको निर्यात बढाउने उद्देश्यसहित सरकारले नगद अनुदानको व्यवस्था ल्याए पनि व्यापार घाटा बढिरहेको छ। यो कार्यक्रमबारे महालेखाको प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ।
भूकम्प गएको १६ महिनासम्ममा पनि दुई हजार लाभग्राहीले पहिलो किस्ताबापतकै अनुदान रकम नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।