आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात मिहनाको तुलनामा यस वर्ष धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ।
शुक्लाफाँटा नगरपालिका– १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ वडा कार्यालयबाट दक्षिणतर्फ दुई हजार ९०० मिटर तारजाली जडान हुनेछ।
इलामको सन्दकपुरमा नेपालतर्फ विद्यालय नजिक नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको हो। महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन्।
गोली लागेर गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आयोजक केपी एफसीलाई ४–० को गोल अन्तरले हराउँदै मच्छिन्द्र जारी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ।
यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मिहिनेत बगाएको थियो भने अहिलेको हावाहुरी र असिनापानीले गहुँ, मकै र केराखेती नष्ट पारेको छ।
युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयहरूले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ।
स्थानीय प्रहरीले हिमपहिरोमा फसेका ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको बताएका छन्।
११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ।
काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
पावर टिलरको सहायताले आलु रोप्नदेखि निकाल्दासम्म सजिलो भएको छ। हप्ता दिनसम्म लाग्ने गरेको काम एक–दुई दिनमै सकिने गरेको किसान बताउँछन्।
ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्।
अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो।
ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा भारी हिमपात भएको छ। ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङमा रोकिएका छन्।
पहाडी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा हल्का वर्षा भइरहेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पले सात जिल्लामा असर पुर्याएको छ भने ६ जना घाइते भएका छन्।