AnonymousUser

Logout

मिटरब्याज पीडितलाई न्याय दिनबाट सरकार पछि हट्दैन: गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्यालाई विषयान्तर गर्न नदिइने र पीडितलाई न्याय दिनका लागि सरकारले संकल्प लिएको बताएका छन्।

रविविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

अमेरिकामा आँधीको वितण्डा, २६ जनाको मृत्यु

आँधीका कारण अमेरिकाका भर्जिनिया, ओहायो र पेन्सलभेनिया राज्य सबैभन्दा बढी प्रभावित भएका छन्। 

बारामा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय, पूर्वमन्त्री जोशीको कारबाही फुकुवा

२०७९ सालको निर्वाचन पहिले कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री पाण्डेले बताए। 

प्रतिनिधिसभाको बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत छ।

भल्कन फाइल्स : पुटिनको विश्वव्यापी र आन्तरिक साइबरयुद्ध रणनीतिको खुलासा

हजारौँ पृष्ठ लामो गोप्य दस्ताबेजले रुसी सरकारलाई ह्याकिङका माध्यमबाट संरचनाहरूमा आक्रमण गर्न, भ्रम फैलाउन र इन्टरनेट नियन्त्रण गर्न भल्कनका इन्जिनियरले कसरी सघाइरहेका छन् भन्ने खुलासा गरिदिएको छ।

कपाल नढाकेको भन्दै इरानमा २ महिला पक्राउ

शनिबार इरानी राष्टपति इब्राहिम रहिसीले ‘धार्मिक आवश्यकता’का कारण महिलाले हिजाब लगाउनु अनिवार्य रहेको बताएका थिए।

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

बेमौसमी वर्षा, हावाहुरी र असिनाका कारण रुपन्देहीमा गहुँको उत्पादन चार प्रतिशतसम्म घट्नसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।

विदेशबाट फर्किएर कागतीखेतीमा रमेका रुद्रमणि

मोरङको पथरी शनिश्चरे–२ का रुद्रमणि न्यौपानले चार वर्षअघि कागतीखेती थालेका हुन्। हाल उनले कागतीका दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई 

बाराको सिमरा रंगशालामा शनिबार राति चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो।  

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।

पाकिस्तान–इरान सीमामा ४ पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानी विदेश मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न इरान सरकारसँग माग गरेको छ।

आईपीएलमा पन्जाबको विजयी शुरूआत, कोलकता‍ ७ रनले पराजित

वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको छ।

सरकार र मिटरब्याज पीडितबीचको सहमति हर हालतमा कार्यान्वयन हुन्छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति हर हालतमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्।

सरकार र मिटरब्याज पीडितबीच छानबिन आयोग गठन गर्ने सहमतिपछि आन्दोलन फिर्ता

सहसचिव प्रदीपकुमार कोइराला र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीबीच मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न आयोग गठनका लागि सरकारलाई सिफारिस गर्ने सहमति भएको छ।

मध्यअमेरिकामा आँधीका कारण १० जनाको मृत्यु

मध्यअमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १० जनाको ज्यान गएको छ। मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन्।

अब समयसीमा तोकेर डेलिभरी दिने राजनीति गर्नुपर्छ : स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्लेले नेपालमा छिटोभन्दा छिटो डेलिभरी दिने किसिमले राजनीतिक परिवर्तन गर्नुपर्ने बताएका छन्।

तनहुँ–१ मा खनाल र चितवन–२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

एमालेको सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निजामती सेवा विधेयक चालु संसद् अधिवेशनबाटै पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।