पूर्वसूचनाबिना फेन्सिङ तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ।
आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
जवाफी बहसमा सहभागी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अब बाँकी काम नरहेकाले आजै थुनछेक आदेश आउने जानकारी दिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको टिप्पणी गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बौद्धिक जनशक्ति विदेश पलायन भइरहेकाले त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न आयोगले भूमिका खेल्नुपर्ने उपराष्ट्रपति यादवले बताएका छन्।
सांसदहरूले समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका छन्। नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको उनीहरूको भनाइ छ।
नयाँ खिम्तीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी सबस्टेसन निर्माण गरेको थियो। तर, त्यहाँ स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि व्यवस्था नभएपछि अर्को सबस्टेसन बनाइएको हो।
दुई दिनको सुनुवाइपछि समितिले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ। अब, राष्ट्रपतिले नियुक्त गरेपछि उनी प्रधानन्यायाधीश हुनेछन्।
हिले ब्याड बनाएर बिउ राख्ने पाल्पा रामपुरका किसानले यसवर्ष धुले ब्याड राखेका छन्। तर, धूले ब्याडको बिउसमेत सुक्न थालेको उनीहरूको गुनासो छ।
बैठकमा कार्कीले प्रश्नको जवाफ दिइरहेका छन्। समितिका सदस्यहरूले मुद्दा सुनुवाइ नहुने, राजश्वका मुद्दामा राज्यलाई पराजित गर्ने, एउटै मुद्दामा फरकफरक फैसला गर्ने गरेकोलगायत प्रश्न गरेका थिए।
काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने मोटरेबल पुल बगाएको छ। याम्फुदिनका दुईवटा बस्ती, स्वास्थ्य/प्रहरी चौकी र विद्यालय जोखिममा परेका छन्।
२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५५१ घर बगाएको थियो। २६ जनाको ज्यान गएको थियो। विस्थापित भएकाहरू पुनर्वासको पर्खाइमा छन्।
गएराति भएको दोस्रो सेमिफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले फाइनलमा क्रोएशियासँगको भेट पक्का गरेको छ।
भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रुसलगायत देशबाट आयात हुने गरेको छ।
राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो।
सरकारी निकायहरू महानगरपालिका, विभाग र प्राधिकरणको ध्येय समिट समूहलाई कारबाही गर्ने भन्दा पनि घटना सामसुस पार्नेतिर केन्द्रित रहेको बखुण्डोलवासीको आरोप छ।
अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ।