AnonymousUser

Logout

बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्।

हाम्रो पानी: एक कहानी

२०४३ जेठमा थाइल्यान्डको राजधानी बैँककमा केही दिन कोठा भाडामा बसियो। घरधनीले सर्वप्रथम पानी प्रयोगबारे जानकारी दिइन्। एउटा धाराको पानी पिउन र खाना बनाउन र अर्को धाराको पानी नुहाइधुवाइका लागि चलाउने।

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए जानकारी, निष्पक्ष छानबिन गर्न निर्देशन

शनिबार गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाबारे जानकारी लिएका छन्। 

संघीयता कार्यान्वयनका लागि मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

शुक्रबार हेटौँडामा बसेको मुख्यमन्त्रीको बैठकले संघीयता कार्यान्वयन र संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नका लागि प्रधानमन्त्रीलाई भेट्ने निर्णय गरेको थियो। 

सौराहामा ६५ हात्तीको वनभोज

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भिड लागेको थियो।

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान   

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको संक्रमण देखिएको छ। भारत निर्यात भइरहेको अदुवा सखाप भएपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्। 

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क, मायर्स १०० अर्ब डलर कमाउने पहिलो महिला  

ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन्।

राणाकालका क्रान्तिकारी पण्डित

असनमा पुराण वाचन गरेर समसामयिक राजनीतिक चेतना जागरण गर्ने पण्डित मुरलीधरलाई शुक्रराज शास्त्रीसँगै पक्राउ गरिएको थियो। केही समयमा जेलबाट छुटेपछि मुरलीधर बनारसतिर निर्वासित भएका थिए।

तराईमा बिहानैदेखि हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। 

‘राजनीतिक स्थिरता आउने सम्भावना मध्यकालसम्म छैन, अहिल्यै विकास र समृद्धि खोज्नुपर्छ’

विज्ञहरूले न्यून आय, युवाहरूको विदेश पलायन, बाह्य अर्थतन्त्रमा देखिने असन्तुलन र बढ्दो सार्वजनिक ऋणलाई अर्थतन्त्रका मुख्य जोखिमको पाटोका रूपमा औँल्याएका छन्।

उकालोमा २०२३ का चर्चित खबर

इजरायल–हमास, रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीका कथा, ‘टर्निङ पोइन्ट’ बनेको टेपकाण्ड, ८ वर्षदेखि संविधानसँग चित्त दुखाइरहेको मधेशसहित उकालोमा सन् २०२३ मा सर्वाधिक पढिएका देश र विदेशका खबरहरू...।

नेपाल सुपर लिगले ल्याउन सकेन ड्रोग्बा, आइपुगे भाइचुङ भुटिया

आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।

‘ईपीएस’ कार्यालयको खेलाँचीले निम्त्याएको बालकुमारी घटना

अदालतले गरेको अन्तरिम आदेशलाई ईपीएस कार्यालयले अपव्याख्या गरी रिट हालेकाहरूलाई मात्र फर्म भर्न दिने र अन्यलाई नदिने भनेपछि विद्यार्थी आन्दोलित भएका थिए। त्यही कारण बालकुमारीमा दुई युवकले ज्यान गुमाए। 

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदान गरिने

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।

फागुन १ लाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

माओवादी नेतृत्वको गठबन्धन सरकारले गरेको फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। 

बालकुमारी घटनाबारे मन्त्री शर्माको टिप्पणी– अराजकता स्वीकार्य छैन

सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी  मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्।

प्रो क्लब च्याम्पियनसिप: उपाधिका लागि पुलिस र पर्सा ११ भिड्ने

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वान्डर्स क्लब नोएडालाई ४ रनले पराजित गर्दै पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ । 

दूध किसानहरूको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।