AnonymousUser

Logout

डाक्टर भएर नि आत्महत्या!

सञ्जालका भित्तामा आदर्श सन्देश लेख्नुपहिले आफू वरपरका आफन्त र साथीहरूलाई हेरौँ। कतै हामी नै कसैको मानसिक समस्याको कारक त भइरहेका छैनौँ?

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सगरमाथा आरोहण गर्न ३५२ आरोहीले लिए अनुमति

पर्यटन विभागका अनुसार हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

विरोध

रुसी सेनामा रहेका नेपालीलाई उद्धार गर्न माग

रुसी सेनामा रहेका नेपालीको उद्धार गरिदिन माग गर्दै उनीहरूका परिवारले अनशन शुरू गरेका छन्। माइतीघरमा रुसी सेनामा रहेका नेपालीका परिवारले शुक्रबारदेखि अनशन थालेका हुन्। पटक–पटक गरिएको प्रयास उपलब्धिमूलक नरहेको जनाउँदै पीडित परिवारले सामूहिक रूपमा अनशन शुरू गरेका छन्।  रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले आफ्ना १३ वटा मागअघि सारेको छ। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ। त्यस्तै उनीहरूले युद्धमा घाइते नेपालीहरूको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्ध बन्दीको सकुशल उद्धार गर्नुपर्ने माग अघि सारेका छन्।  तस्वीरहरू/ नेपाल फोटो लाइब्रेरी

भारतले रोक्यो नेपाली चियाको निर्यात

मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

डोल्पामा १२० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजाअनुसार डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० रहेको देखिएको छ।

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए।

राज्यसंयन्त्र आशा जगाउन खोज्छन्, पानी खन्याइदिन्छ सत्ता

राजनीति जतिसुकै विद्रूप र समाज जस्तो ‘फ्रस्ट्रेसन’मा रहे पनि राज्यसंयन्त्रहरू यहाँ ठीकठाक छ भन्ने सन्देश दिइरहेका छन्। तर नयाँ–पुराना सत्तासञ्चालक नै त्यसविरुद्ध उभिँदा प्रश्न उठ्छ– आखिर यो कहिलेसम्म?

मण्डला थिएटरमा ‘टिकट टु हलिउड’

सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।

महालेखाले बेरुजु देखाएपछि काठमाडौँ महानगरले काट्दै करारका कर्मचारीको महँगी भत्ता

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि काठमाडौँ महानगरमा कार्यरत करारका कर्मचारीलाई दिइँदै आएको महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा पठाउने रकम काटिने भएको छ।

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ भने अन्य आठ जनालाई सफाइ दिएको छ।

यो वर्ष भीमादका कृषकले बेचे ३ करोड रुपैयाँको सुन्तला

तनहुँको भीमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब तीन करोड रुपैयाँ आम्दानी गरेका छन्।

वन डढेलो नियन्त्रणका लागि सीसी क्यामरा जडान

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए।

‘कारागारका अवैध गतिविधिमा जेल प्रशासनदेखि प्रहरी अफिसरसम्मको संलग्नता हुन्छ’ 

‘ठूल्दाइ र भाइनाइके भनिएकाहरूको संरचना हेरफेर गर्ने हिसाबले एउटा अधिकारसम्पन्न आयोग बन्नुपर्छ। अनि सुधारको बाटोतिर कारागार जान्छ।’

मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन माग गरिएको संकल्प प्रस्ताव पारित

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

दाङमा आगलागीबाट १ जनाको मृत्यु

घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थियो। त्यही बेला आगोले जलेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

चिनियाँ वैज्ञानिकले बनाए फूलबाट हिरा, तर कसरी?

'बायोजेनिक कार्बन एक्स्ट्र्याक्सन टेक्नोलोजी' प्रयोग गरी बनाइएको उक्त हिराको मूल्य ५५ लाख रुपैयाँ रहेको छ।

एसीसी प्रिमियर कप : यूएईसँग नेपाल ६ विकेटले पराजित

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको छ। जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ।

कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागी नहुने

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।