सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।
सीआईबीको टोलीले हत्या, शृंखलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका मुख्य आरोपी बुद्धिमान तामाङलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको छ।
अमेरिकाले ‘तत्काललाई स्थगन’ गरेको एमसीसी परियोजनाअन्तर्गत अघि बढेका काम भने रोकिएका छैनन्। यही संकेत देखेर हुनसक्छ, सरकारी अधिकारी र जानकारहरू एमसीसीको सहायता नरोकिनेमा आशावादी छन्।
मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।
महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।
आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० कायम भएको छ।
चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको हो।
अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।
करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।
परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।
भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।