भूमि विधेयकका केही दफा अस्पष्ट भएको भन्दै सांसदले अध्ययनका लागि समय मागेपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २७ गते पुनः छलफल गर्ने निर्णय गरेको छ।
सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
भारतीय सीमाबाट १०० किलोमिटर टाढासम्मका बिरामीहरू आँखाको उपचारका लागि भरतपुर आँखा अस्पतालमा आउने गर्छन्।
एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।
गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाको गोली प्रहारबाट सहायता लिन पर्खिरहेकाहरूसहित ३७ जनाको मृत्यु भएको छ।
बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारमा अतिक्रमण हुँदा र भारतले पनि सम्झौताअनुसार पर्याप्त पानी उपलब्ध नगराउँदा रौतहटका किसान मर्कामा परेका छन्।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राका अवसरमा नेवार समुदायले काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका छन्।
अवकाशप्राप्त र निकट भविष्यमा अवकाश पाउने कर्मचारीको सेवासुविधा र निवृत्तिभरणमा जग्गाको आम्दानी खर्च गर्नुपर्ने लबिइङमा कर्मचारी छन्। मन्त्रिपरिषद्ले भने पुँजीगत खर्चका लागि स्वीकृति दिएको छ।
महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल कारसँग ठोक्किएको छ। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।
मन्थली नगरपालिका–६ बोक्से पहरोस्थित सडकबाट खसेको करिब १०० मिटर तल तामाकोशी नदी किनारमा पुगेको छ।
क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। क्याफेको मुख्य आकर्षण हो, ‘क्याट रुम’। जहाँ प्रवेश गर्न ५०० रुपैयाँ तिर्नुपर्छ।
अलैँचीको मूल्य प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका छन्। उनीहरू परम्परागत बालीलाई हटाएर अलैँची रोप्न थालेका छन्।
राजनीतिक सहमतिबाट भूमिहीनका समस्या समाधानका लागि सकारात्मक पहल गरिएन भने फेरि पनि भूमिहीनका समस्या समाधान ओझेलमा पर्ने निश्चित देखिन्छ।
कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना छ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ।
कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर पठाइएको छ।
लमजुङमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि समयमै व्यवस्थापन नहुँदा वर्षायाममा हिलाम्मे बनेको छ। जसले गर्दा स्थानीय, व्यापारी र दैनिक आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ।
दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।