लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्।
संसदीय राजनीतिमा सबभन्दा धेरै समावेशी अभ्यास आफूले गरेको दाबी गर्ने एमालेमा महिलालाई प्रतिस्पर्धाकै लागि योग्य नठान्ने सोच हावी भएको गुनासो चुलिँदो छ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट व्यहोरिने हो खुलाई पठाउन निर्देशन दिएको छ।
राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा देउसीभैलो खेलिएको छ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।
तिहार \'मूड\
तिहार लागेसँगै काठमाडौँ उपत्यका झिलीमिली भएको छ। आइतबार बेलुका स्वयम्भूस्थत हलचोकबाट देखिएको काठमाडौँः
‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।
झिलिमिली
तिहारलाई पूल र झिलिमिलीको पर्व मानिन्छ। आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा गरिन्छ। सफासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीको वास हुने विश्वासका साथ यस दिन घर-आँगन, शहर-बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ। तस्वीरहरू : रासस
निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको जनाएको छ। अब ९ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।
अध्यक्ष भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको बताएका छन्।
मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।
इतिहास राजनीतिको एक मात्र प्रयोगशाला हो। मार्क्स, लेनिन र वीपीको सफलता तथा असफलतालाई कोट्याउँदै हामी अघि बढ्नुपर्छ। उनीहरूका संघर्षका अनुभवका कतिपय शिक्षा छन्।
चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।
आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो। यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।
नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन्।
एमालेलाई ‘मधेशविरोधी’ बताउने जसपा त्यही पार्टीसँग चुनावी गठबन्धनमा छ। स्थानीय तहमा एमालेसँग मिलेको लोसपा भने सत्तारुढ गठबन्धनतिर छ। यी घटनाले मधेशमा मुद्दाभन्दा ‘भोट राजनीति’ प्रधान भएको देखिन्छ।
नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको छ। जिनोमिक सिक्वेन्सिङका क्रममा १ जनामा कोरोनाको नयाँ सब भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न 'पपुलिस्ट' नारा समेटिएका छन्।
भारतको हैदरावादमा कमल संघर्षको गजलबाचन सम्पन्न भएको छ। सुदूरपश्चिमेली नेपाली समाज, तेलांगना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा उनका गजलसंग्रहहरूको विमोचनसमेत गरिएको थियो।
निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने गरी ट्विट गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।