रौतहट-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेका उम्मेदवार भन्दा २४४ मतले अगाडि छन्।
नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।
साढे आठ बजेसम्म कूल नौ हजार ७७१ मत गन्दा एमालेका नवराज सिलवालले चार हजार ६१२ मत प्राप्त गरेका छन्।
मुस्ताङ र मनाङका मतपेटिका ढुवानीपछि गणना भएर नतिजा आइसक्दा हुम्लाको विकट क्षेत्रका कर्मचारी २४ घन्टादेखि हेलिकप्टरको पर्खाइमा छन्।
इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे। इरानका लागि मेहदी तारेमीले दुई गोल गरे।
झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।
बाजुरामा आइतबार निर्वाचनका क्रममा दुई युवाले ज्यान गुमाएको घटना कांग्रेस र एमालेको ‘बुथ कब्जाबाट चुनाव जित्ने’ प्रयासको नतिजा थियो। बाजुरामा कांग्रेस–एमालेले जहिल्यै बुथ कब्जाको प्रयास गरिरहन्छन्।
मनाङ (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङले ३३० मतान्तर एमालेका राजन गुरुङलाई पराजित गरेका छन्।
इन्डोनेसियाको जाभामा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ५६ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्।
नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।
नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतसहित पछ्याइरहेकी छन्।
बर्दिया-२ स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ३ हजार ४३६ मतसहित अग्रता लिएका हुन्।
मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै राखेका छन्। उनलाई विराजभक्त श्रेष्ठले पछ्याइरहेका छन्।
चितवन ३ मा दिनेश कोइरालाले अग्रता लिएका छन्। उनलाई राप्रपाका विक्रम पाण्डेले पछ्याइरहेका छन्।
राप्रपाका ज्ञानेन्द्र शाही ६९ मतसहित अग्रता लिँदा नेकपा माओवादी केन्द्रकी गोमा गौतम २० मतसहित पछ्याइरहेकी छन्।
६ हजार २२५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।
मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुरले शुरुआती अग्रता लिएका छन्। उनलाई कर्ण मल्लले पछ्याइरहेका छन्।
काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।