AnonymousUser

Logout

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।

हँसिया हथौडा र रूखबीचको सम्झौताले नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।

नागरिक उन्मुक्ति पश्चिम र थारूको मात्र होइन, देशकै वैकल्पिक पार्टी बन्छ : रञ्जिता

हामी चुनाव जितेर संसद् गइसकेपछि मुख्य मुद्दा नै टीकापुर घटनामा दोषी देखाएपछि सजाय काटिरहेका राजबन्दीहरूको रिहाइ गराउने हो। राजबन्दीकै कारण यो पार्टी निर्माण भएको हो।

प्रधानमन्त्रीसहित गठबन्धनका नेता चितवनमा

सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरस्थित गेस्टहाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

पोखरा विश्वविद्यालयमा बीएएलएलबीको पढाइ

बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।

ओली सुदूरपश्चिम जाँदै, डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष केपी ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र  क्यानडामा प्रदर्शन भइसकेको छ।

निमोनियाविरुद्धको दिवस मनाइँदै

निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

क्यानविरुद्ध ज्ञानेन्द्रको त्यो विद्रोह, जसले रोहितलाई कप्तान हुने बाटो खोल्यो

करिब ११ महिनाअघि क्यानले गरेको केन्द्रीय सम्झौतामा रोहित नपरेपछि उनको पक्षमा विद्रोह गरेका तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रले पद गुमाए, त्यहीँबाट रोहितका लागि ‘नयाँ ढोका’ खुल्यो।

विद्यालयमा नमूना मतदान : विद्यार्थी भन्छन्– अभिभावकलाई सिकाउँछौँ

विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेकाे हाे। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिएका थिए।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

गठबन्धनका शीर्ष नेता चितवन जाँदै

सत्ता गठबन्धनले चितवनमा शनिबार संयुक्त चुनावी सभा गर्न लागेको कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए।

मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

मैले पाएको महेन्द्ररत्न छात्रवृत्ति महेन्द्र र रत्नको निजी सम्पत्ति थिएन : खगेन्द्र सङ्ग्रौला

लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनमा आधारित पुस्तक ‘एक बागी’लाई केन्द्रमा राखेर उनको जीवन किस्सा, अनुभव एवं विचारसँगको साक्षात्कारः

आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त

क्यानले रोहितको कप्तानीमा आगामी २८ गतेदेखि युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

रुसले युक्रेनको खेरसन क्षेत्रबाट ३० हजार सैनिकलाई फिर्ता बोलायो

खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन्।

तटस्थ भएर निर्वाचन गराउन मतदान अधिकृतलाई प्रमुख आयुक्त थपलियाको निर्देशन

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ र निष्पक्ष भएर पूरा गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिएका छन्

त्रिविका क्याम्पस र कार्यालयमा तीन दिन बिदा हुने

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने बिदा दिने निर्णय गरेको थियो।

२०७९ कात्तिक २५, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।