AnonymousUser

Logout

सवारीसाधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्।

कालीगण्डकी करिडोरमा निरन्तर सुख्खा पहिरो

कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

७ ठाउँको अवरुद्ध सडक खुलाइयो, ३ स्थानमा अझै बाँकी

बाढी–पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये शनिबारसम्म सात वटा खुलेका छन् भने अझै तीन स्थानमा भने सडक अवरुद्ध नै छ।

प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षीका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

कहिले नीलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षीको पालो आउँदा भित्रिने गरेको छ। 

इरानमा रहेका नेपालीको भारतको सहयोगमा उद्धार गरिँदै

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दै छ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ।

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।

सर्लाहीको बरहथवामा बाटो विस्तारका क्रममा झडप हुँदा प्रहरीसहित १० जना घाइते

झडपमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनमा सवारी दुर्घटना: सात जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको कार ठोक्किएर दुर्घटना भएको हो। 

बागलुङमा १५ वर्षदेखि आयोजना अलपत्र, गाउँभर खानेपानी समस्या

गाउँमा २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना शुरू भएको थियो। घिनसिङ खोलाबाट लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अहिलेसम्म पूरा भएको छैन।

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ।

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन्।

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा सरकार

इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।

संसद्‌मा उठ्यो टीकापुरको ३०० बिघा जग्गाको विषय, तत्काल छानबिन गर्न सांसद सिंहको माग 

टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३०० बिघा सरकारी जग्गा किनबेचसम्बन्धी विषय प्रतिनिधिसभा बैठकमा उठाउँदै सांसद डा. अमरेशकुमार सिंहले तत्काल छानबिनको माग गरेका छन्।

ग्वार्को ओभरपास निर्माण सम्पन्न, आजदेखि गाडी गुड्ने

ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ। ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।

काठमाडौँबाट नेपालगन्ज गइरहेको बस बाढीले बगायो, यात्रु सकुशल

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। एक्साभेटरमार्फत उनीहरूको उद्धार गरिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको समाचार हटाउन माग गरिएको निवेदन खारेज

काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निवेदन खारेज गरिदिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको पाइएका भन्दै आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पहिरोले बन्द भयो अरनिको राजमार्ग

अविरल वर्षासँगै आएको पहिरोबाट भोटेकोशी–२ को लिपिङ बजारका तीन घरमा पनि क्षति पुगेको छ।

मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन: स्थानीयको ६ वर्षको संघर्षपछि अस्थायी रोक

खानी विभागले करिब चार महिनाअघि जिल्ला प्रशासन, वन र प्रहरी कार्यालय तथा रुन्टिगढी गाउँपालिकालाई मुरुल्लेमा भइरहेको अवैध उत्खनन रोक्न भनेपछि चौधरी ग्रुपले अस्थायी रूपमा बन्द गरेको छ।