AnonymousUser

Logout

ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह

परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर घुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले संरक्षण थालेका छन्।

तीन महिलाको पौरखः इन्द्रचोकको चोखाछेँ गल्लीमा पाक्छ नेवारी परिकार

इन्द्रचोकको चोखाछेँ गल्लीभित्रको साँगुरो चोकमा दिनैभरिजसो भीड लाग्छ, महिलाहरूले चलाएको खाजा पसलमा ग्राहकहरू विशेषगरी योमरी, बारा, र चिया खान पुग्छन्। 

काठमाडौँमा भेटिएकी पाकिस्तानकी खालिदा बिबीः पहिला आफू बदलिइन्, अनि गाउँ बदलिन्

अभाव बढ्दै गएपछि परिवारले उनीहरूलाई छुट्टै राखे। श्रीमानको कमाइले पालिनै हम्मे भयो। अनि खालिदा घरबाहिर निस्किइन्। समाजको लान्छाना खेपेर सिलाइको तालिम लिइन्। अहिले एक्स्पोमा भाग लिन विदेशसम्म पुग्छिन्।

‘शेषराजगज’को स्याहारमा व्यस्त विमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।

४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

आयातित स्यानिटरी प्याडको मूल्य बढेको बढ्यै, स्वदेशीले बजार नै पाउँदैनन्

विदेशबाट आउने स्यानिटरी प्याडको मूल्य वर्षमै २ देखि ३ पटकसम्म बढ्ने गरेको छ। स्वदेशमै उत्पादन हुने भए पनि आयातित प्याड नै रुचाइने हुँदा यहाँको उत्पादनले बजार पाउन मुस्किल परेको बिक्रेताहरू बताउँछन्।

२६ वर्षअघि भारतमा बेचिएकी नतिसरा राईलाई लैंगिक समानता अवार्ड

दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।

पानी ल्याउन २ घण्टा पैदल

गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।

काठेखोलामा ‘होम–स्टे’ले बदल्यो महिलाको दैनिकी

काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँमा नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरू अहिले आफ्नै नेतृत्वमा होम–स्टे चलाउँछन्।

‘भाइरल लाछा डोरी’ को नयाँ ट्रेन्ड

परम्परागत लाछा डाेरी अहिले फेसनका रूपमा महिलाहरू माझ स्थापित भएकाे छ। तीजको बेला बजारमा आएको यसको क्रेज अहिले पनि कायम छ।