AnonymousUser

Logout

ब्रान्डको पासोमा परेका ती गांगुली, फुक्काफाल यी पारस

बीसीसीआई अध्यक्ष रहँदा केही ब्रान्डको विज्ञापनमा देखिएपछि भारतका पूर्वकप्तान गांगुलीले पद छाड्नुपर्‍यो। क्यानको नेतृत्व तहमै रहेका पूर्वकप्तान पारस भने प्रश्न उब्जाउने गरी निरन्तर ब्रान्ड प्रवर्द्धनमा छन्।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत, संसद्‌बारे पुनः छलफल

शीतलनिवासमा बिहीबार रातिसम्म राष्ट्रपति पौडेलले गरेको कानूनी तथा राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। संसद् विघटनबारे भने टुंगो लागेको छैन।

शीतलनिवासमा राष्ट्रपतिः बिहीबार रातिसम्म कानूनी र राजनीतिक परामर्श

राष्ट्रपति पौडेलले शीतलनिवासमा बिहीबार रातिसम्म कानूनी तथा राजनीतिक परामर्श गरेपछि आन्दोलनकारीको मागबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख नियुक्त गर्ने तयारी गरेका छन्।

अध्यागमनको जिम्मा प्रहरीलाई!

भिजिट भिसा प्रकरणबाट छताछुल्ल संगठित मानवतस्करी र त्यसले देशकै छविमा पुर्याइरहेको क्षति रोक्न पहिल्याइएको विकल्प हो– प्रहरीलाई अध्यागमनको जिम्मेवारी। डेढ दशकदेखि चलिरहेको यो प्रयास अब टुंगोमा पुग्ला?

थापाथलीको ६ रोपनी जग्गा हडप्ने चौधरी ग्रुपको चलखेलमा सर्वोच्चले लगाइदियो अंकुश 

थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ।

तीनकुनेबाट सिंहदरबारतर्फ सोझिएका प्रश्न

चैत १५ को अराजकता रोक्ने रणनीतिमै चुकेको सुरक्षासंयन्त्र र गृहप्रशासन तीनकुने घटनासिर्जित परिस्थिति थप गिजोल्नतिर लाग्दा उठेका प्रश्न अब एकमुष्ट रूपमा कार्यकारीको मुकामतर्फ सोझिएका छन्।

द्वन्द्वकालका ज्यादतीको न्याय निरूपणः कसरी रोकियो, कसले रोक्यो?

हिंसाको राजनीति ‘सधैँलाई बन्द गर्न’ १८ वर्षअघि शुरू भएको शान्तिप्रक्रिया टुंगिएको छैन, दशकदेखि जारी संक्रमणकालीन न्यायप्रक्रिया जहाँको तहीँ छ। कसले रोकिरहेछ द्वन्द्वकालीन ज्यादतीको न्याय निरूपण?

प्रहरीको कमान्ड निजामतीलाई सुम्पने तयारी

मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको प्रहरी विधेयक संसद्‍बाट यही रूपमा पारित भए नेपाल प्रहरीको आदेश शृंखला निजामती कर्मचारीको नियन्त्रणमा पुग्ने छ। २०१२ सालको ऐनभन्दा पछाडि फर्कने यस्तो प्रयास किन?

‘देश ठिकठाक छ, जीवन सुध्रिएको छ, तर राजनीति बर्बाद भयो’

एकथरीले ‘सबथोक बर्बाद छ’ भनिरहँदा साँच्चै अहिले देश कस्तो छ? नेपाली के सोच्दै छन्? के उनीहरू यहाँ भविष्य देखिरहेका छैनन्? ताजा मत सर्वेक्षणको नतिजाले भन्छ– देश ठिक ठाउँमै छ, तर राजनीति सुध्रिनुपर्‍यो।

नयाँ सेनाप्रमुख, पुरानै कुरा

परिस्थितिले अशोकराज सिग्देल अर्को कुलबहादुर खड्का बन्ने नियतिमा पुग्न सक्थे। तर उनको ‘भाग्य’ यति बलियो भइदियो कि नचिताएको प्रधानसेनापति पद नै जुर्‍यो। उनको खास परीक्षा भने अब शुरू हुँदैछ।

थापाथलीको ६ रोपनी जग्गा चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी लडाइँ

स्वतः सरकारी स्वामित्वमा आउने काठमाडौँको थापाथली हाइटस्थित ६ रोपनी ३ आना जग्गा हडप्न चौधरी ग्रुपले १८ वर्षदेखि निरन्तर गरिरहेको चलखेललाई क्याबिनेटदेखि राज्य–संयन्त्रहरूले नै सघाइरहेका छन्, कसरी?

नेतृत्वले नै सेनामा निम्त्याएको उल्झन

एक महिनापछि सेनाको कमान्ड सम्हाल्ने जर्नेलले मिडियादेखि संसद्मा समेत जन्ममिति सच्याउन ‘किर्ते गरेको’ आरोप खेपिरहेका छन्। भावी सेनापतिलाई यो अवस्थामा पुर्‍याउन कसरी जोडिएका छन् वर्तमान प्रधानसेनापति?

राज्यसंयन्त्र आशा जगाउन खोज्छन्, पानी खन्याइदिन्छ सत्ता

राजनीति जतिसुकै विद्रूप र समाज जस्तो ‘फ्रस्ट्रेसन’मा रहे पनि राज्यसंयन्त्रहरू यहाँ ठीकठाक छ भन्ने सन्देश दिइरहेका छन्। तर नयाँ–पुराना सत्तासञ्चालक नै त्यसविरुद्ध उभिँदा प्रश्न उठ्छ– आखिर यो कहिलेसम्म?

सत्ता र ‘प्रभावशालीहरू’ जोडिएका मुद्दाबाट भागिरहेको अदालत

न्यायको सिद्धान्त भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो।’ सर्वोच्च अदालतले सत्तादेखि प्रभावशाली व्यक्ति जोडिएका मुद्दामा अवलम्बन गरेको रणनीति हेर्दा न्यायलाई पन्छाउन अदालत नै अग्रसर भएको देखिन्छ।

१०० वर्षअघि नेपाल र बेलायतबीच त्यो सन्धि नभएको भए...

नेपाल राष्ट्रको अविछिन्न स्वाधीन र स्वतन्त्र पहिचान विश्वमाझ पुर्‍याउन मात्र होइन, यसलाई जोगाइराख्न १०० वर्षअघि गरिएको एउटा सन्धिको प्रमुख भूमिका थियो।

गणतान्त्रिक नेपालका ‘राष्ट्रिय लज्जा’ 

इतिहास बनेका राजाहरूको धङधङी बोकेर हिँडिरहेका लोकतान्त्रिक गणतन्त्रका राज्य सञ्चालकहरूको स्वयंलाई प्राधिकार ठान्ने हुटहुटीले गणतन्त्रलाई नै कलंकको भारी बोकाउन अभिशप्त बनेको छ देश।

के संविधान नै स्थिरताको बाधक हो?

आफूलाई प्रतिकूल लाग्नासाथ संसद् विघटन गरिदिने र सरकार बनेको दुई महिनामै सत्ता–सारथि बदल्ने हद्सम्मको प्रवृत्तिले निम्त्याएको अस्थिरता रोक्न सक्ने ‘दूरद्रष्टा’ नहुनुको तारो बनेको छ, संविधान।

भुंग्रोमा देश, घिउ थप्दै ‘राजनीति’

१९ वर्षअघि भदौ १६ मा भएको वितण्डा धेरैले सम्भवतः बिर्सिइसके। ‘मास फ्रस्ट्रेसन’को अवस्थामा देखिनथालेको समाज र त्यसमै घिउ थपिरहेको राजनीतिले देशलाई त्योभन्दा भयावह वितण्डातर्फ उन्मुख गराउँदैछ।

संसद्‍मा बाह्य स्वार्थ प्रवेश गराउन सहयोगी बनिरहेका सांसद

ठेकेदार, व्यापारीलगायत स्वार्थ बाझिने व्यक्तिहरू बढ्दै गएको संसद्मा बेलगाम चलिरहेको ‘स्पोन्सर्ड’ विदेश भ्रमण गर्ने सांसदहरूमार्फत् प्रवेश गरिरहेको स्वार्थ थप जोखिमपूर्ण छ।

सुडान र सुनकाण्डले ‘सातो लिएको’ प्रहरीमा आत्मविश्वास फर्काएको शरणार्थी काण्ड

सुडान घोटाला र साढे ३३ केजी सुनकाण्ड यस्ता परिघटना हुन्, जो नेपाल प्रहरीको छवि र गति दुवैका निम्ति ‘कालो अध्याय’ जस्तै बने। त्यसबाट मुर्झाएको प्रहरीमा प्राण भर्ने घटना बनेर आयो, शरणार्थी प्रकरण।