मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ। दुवै खण्डको प्रगति १५ प्रतिशत मात्रै छ। जसका कारण यात्रा सहज छैन।
शनिबार दशैँको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन्।
मलेसियाको बायोमास ओभलमा भएको टसमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
विरोध
इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँ प्रदर्शन गरेको छ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीले प्यालेस्टाइन ‘एक्लै छैन’, ‘प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर’, ‘प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ’लगायतका नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।
प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव इजरायल सरकारले तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाएको छ।
सिकाली जात्रा
ललितपुरको खोकनामा भने सिकाली जात्रा मनाइएको छ। महालक्ष्मीले महिषासुरलाई वध गरेको खुशियालीमा नेवार समुदायले यो जात्रा मनाउने गर्छन्। जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ, वीरभद्र र महाकाली तथा भैरव र देवताको खट गाउँ परिक्रमा गरिन्छ। त्यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ। पञ्चमीको दिन आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी नवदुर्गासहित देवीदेवताको पूजा आराधना र परम्परागत नाच प्रस्तुत गरिन्छ।
जेल सजाय पाएका पहुँचवालाहरू बिरामीको बहानामा अस्पतालका सुविधासम्पन्न शय्यामा, सुपारी आयात खोलेर ९ अर्ब कमाउने दाउ, नेपालमा टेस्लाका गाडीको गैरकानूनी आयातसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।
फाइनल पुग्ने दुई टोलीले स्वतः आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा स्थान बनाउने छन्। तेस्रो स्थानमा रहने टोली पनि एशिया कपमा पुग्ने छन्।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।
कात्तिक २ गतेको मतदानपछि आएको नतिजासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चुलिएको छ।
मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्या समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्।
ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।
बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ।