जाजरकोट र रूकुम पश्चिमका धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
प्रभावित क्षेत्रमा पाँच दिनका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिमसमेत उपलब्ध गराउने टेलिकमले जनाएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।
पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।
भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्।
घाइतेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ।
नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ छ।
भूकम्पमा परेर मृत्यु हुनेमा धेरै बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।
भूकम्पबाट जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्।
भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।
२१ जना घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ।
जाजरकोटको रामिडाँडा आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
नवनियुक्त मन्त्री उप्रेति नेकपा माओवादी केन्द्र र जवेगु नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्।
तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।