उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ।
हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। १९ किमि टाढा रहेको चतारा जलयात्राबाट २० देखि २५ मिनेटमा पुग्न सकिन्छ।
गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।
कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।
सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।
रियल २१ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ।
तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। दिउँसो, कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।
थ्रिस्टार विदेशी पाहुना टोली भुटानको पारोलाई पराजित गर्दै आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।
प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।
विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
जंगल सफारी
देशभर चिसो बढेको छ। यस्तो जाडोमा जंगली जनावर र चराचुरुंगी के गरिरहेका होलान्? शनिबारको फोटो फिचरमा, चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको दिनचर्या। चिसो मौसममा धेरैजसो जनावर घाम ताप्न बाहिर निस्कने भएकाले धेरै प्रजातिका चराचुरुंगी र जनावर देख्न सकिन्छ। यस बेला बाह्य पर्यटकको चहलपहल भने कम हुने गर्छ। निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट शुरू हुन्छ। दिउँसो जनावरहरू घाम ताप्न हिँडिरहेको देख्न सकिन्छ। यहाँ गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिँगे, बाँदर, लंगुरलगायत ६० भन्दा बढी प्रकारका स्तनधारी जंगली जनावर पाइन्छन्। तस्वीर: स्कन्द गौतम
९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ।
जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।
काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न सक्दैनन्। यसले किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।