महँगी बढेकाले मलहरूमा चहलपहल कम भएको व्यापारीहरूको अनुमान छ। यही अवस्था रहिरहे व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने १८ जना बेपत्ता छन्।
काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कार्यविधि संशोधन भएसँगै स्थानीय तहले भविष्यमा आइपर्ने विपद्का समयमा प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गरेर उद्धार, राहत र स–साना आयोजनाको पुनर्निर्माण गर्न सक्नेछन्।
मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।
लेबनानमा इजरायलले आक्रमण तीव्र पारेपछि अस्ट्रेलियाले ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ।
यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।
मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार गाजाको युद्धपूर्व संरचनाको दुई तिहाइ वा एक लाख ६३ हजारभन्दा बढी भवनहरू खण्डहरमा परिणत भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ। विभिन्न आठ टोलीमा ८० खेलाडी अक्सनबाट अनुबन्धित भएका छन्।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
बजारमा मान्छेको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीको भनाइ छ। सर्वसाधारण भने सामान्य खर्चमा दशैँ टार्ने योजनामा देखिन्छन्।
रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।
अनिल साहलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भू–भागबाट बाहिरिँदै गएको छ।
पुस्तकमा शिक्षक मोहन थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्।