श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ।
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।
कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।
थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।
अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ।
धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ।
अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडाली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।
रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।
विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाले जनाएको छ।
सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।
मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा खुला रहने जनाएको छ।
हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।
प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।
जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, सांमालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।
घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।
यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।